मधेशका गृहमन्त्रीका सुरक्षा गार्ड असई यादवको मृत्यु

Jasus Khabar 3945+ समाचार ( )
२७ फाल्गुन २०८१

मधेश सरकारका गृह, सञ्चार र कानूनी मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) बिरेन्द्रकुमार यादवको मृत्यु भएको छ। आइतबार राति ११ बजेको समयमा पेट र छातीमा अचानक असहजता महसुस गरेपछि यादवलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो।

त्यसपछि थप उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाइएका उनले राति १२ बजे उपचारको क्रममा ज्यान गुमाए, मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार यादवको अचानक पेट र छाती दुखेपछि उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो, र पछि नोवेल अस्पताल विराटनगर लैजाने क्रममा निधन भएको हो। यादव सिरहाको सिरहा नगरपालिका २५, सुखचैना क्षेत्रका स्थायी निवासी थिए र मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा कार्यरत थिए

प्रतिक्रिया