अजमल अन्सारी>
सुनसरी । कोशी गाउँपालिका-४ स्थित कोशी कटान क्षेत्रको ट्राफिक प्रहरी चेकपोष्टमा गत शुक्रबार भएको घटनाप्रति गाउँपालिका अध्यक्ष ऐयुब अंसारीले स्पष्टीकरण दिएका छन्।>
सामाजिक सञ्जालमार्फत उक्त घटनालाई उनको राजनीतिक जीवनसँग जोडेर प्रचारप्रसार हुन थालेपछि अध्यक्ष अंसारीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ विवरण सार्वजनिक गरेका हुन्।>
>
अध्यक्ष अंसारीका अनुसार कोशी कटानस्थित ट्राफिक चेकपोष्टमा स्थानीय बासिन्दाले बारम्बार सास्ती खेप्नु परेको गुनासो आइरहेको थियो। घटनाका दिन पनि स्थानीय र ट्राफिक प्रहरीबीच विवाद भएको जानकारी पाएपछि उनले जनप्रतिनिधिको हैसियतले सो स्थानमा पुगेर वस्तुस्थिति बुझ्ने प्रयास गरेका थिए।>
>
“त्यहाँ पुगेपछि चेकपोष्टमा कार्यरत दुई जना ट्राफिक प्रहरीद्वारा स्थानीयलाई दुर्व्यवहार र सास्ती दिने गरेको गुनासो पुष्टि भएकाले उनीहरूसँग छलफल गर्ने क्रममा केही चर्काचर्की भएको हो,” प्रेस विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष अंसारीले उक्त घटनामा प्रहरी संगठनप्रति कुनै व्यक्तिगत द्वेष नरहेको प्रस्ट पारेका छन्।>
>
“प्रहरी संस्था प्रतिको मेरो उच्च सम्मान छ। गलत गर्ने व्यक्तिप्रति मात्र आपत्ति जनाइएको हो,” अध्यक्ष अंसारीले विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले उक्त घटनाका क्रममा आफ्नो जिम्मेवारीमा रहँदा बोल्न नहुने शब्द बोलेकोमा आत्मआलोचना समेत गरेका छन्।>
>
साथै उनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कुनै पनि विषयमा सत्य तथ्य नबुझी हतारमा प्रचार नगर्न र आफ्नो राजनीतिक जीवनसँग यस घटनालाई जोडेर गलत सन्देश नपठाउन सार्वजनिक अपिल गरेका छन्।> कोशी गाउँपालिकाका अध्यक्ष ऐयुुब अंसारीद्वारा जारी गरिएको प्रेस विज्ञप्ति:->
>
>
>
#जे यथार्थ हो त्यही बोल्छु ?? यहाँ यथार्थ बोल्ने आट नै कसेले गर्नु हुन्न ?? कोशी घटना....................................... प्रहरी ले घुस लियेको छ भन्ने यथेष्ट प्रमाण सहित कार्यवाही को प्रक्रिया अगाडी बढाउनु पर्थियो प्रहरी चोखो छ म भन्दिन ?? हो कते कते कुने कुने ट्राफिक ले ज्याजती गरेको होला ?? त्यस लाई पनि कार्यवाही गर्ने निकाय छ्न , अरु अरु प्रक्रिया छ्न ,, जन्ता लाई दुख दियेको बेला एक पल्ट आज सम्म अध्यक्ष बोल्नु भयेन किन ?? जुन दूध फाटेको कुरो समेटनु भा छ ,,, तेहि दिन आयेर केही गरेको भयेको ,,जनता को लागि गरो भन्ने ठहर हुन्थ्यो ?? तर त्यसो गर्न सक्नु भएन ?? यहाँ नियत साफ छ ,, आफ्नो ट्र्याकटर मा बास ओभर लोड गरेर यो भन्दा अगाडि पनि लगेको थियो, त्यो दिन चलान काटियो ,अर्को दिन उहाँ को ट्र्याकर ओभर लोड बालुवा बिना त्रीपाल ले नछोपेर लियेर गयो त्यो दिन समझाउदा झन 1 घण्टा मै त्यो ट्राफिक सरुवा गराउनु भो ,,ती सब रिस बोकेर आफ्नो ट्रयाकटर समाए पछि नाम जनता को लिने काम ब्याकतीगत र रिस ब्याक्तीले गर्दा त्यो घटना को उपज हो मेन यथार्थ यो हो ,, अन्तिम सत्य यहि ने हो अब आफ्नो गल्ती मा छरो हाल्न कहिले भ्वाइस मिक्सिङ को आरोप सन्चारकर्मी माथी लगाउनु सरासर गलत ,, गाली गरेको छ ,,भन्ने सिना ठोकेर भन्नू पर्छ गाली गरेको हु ,,किन तुरुन्तै पल्टिनु ?? अर्को कुरो जस्ते सुके अवस्था मा एउटा सम्मानित पद धारण गरेर बसेको ब्याकती ले सार्वजनिक ठाउमा अस्लिन गाली गलोज समाजिक रुप मा निन्दनीय कार्य हो ??पद र पहुच को दुरुपयोग हो,, बनाबटी कुरो बनाउनु भन्दा मिडिया मा आम माफी माग्नु ने उहाँ को लागि बेस्ट उपाइ हो ,,,