भारतले बुधबार इरानबाट २९६ भारतीय नागरिक र चार नेपाली नागरिकलाई उद्धार गरेको छ । इजरायल–इरान द्वन्द्वको बीच भारतले अपरेशन सिन्धुअन्तर्गत हालसम्म ३ हजार १५४ जनालाई त्यहाँबाट उद्धार गरेको हो ।>
उनीहरुलाई इरानबाट विशेष विमानबाट ल्याइएको भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा लेखेका छन् । विमान बुधबार दिउँसो इरानको मशहदबाट नयाँ दिल्ली आइपुगेको थियो ।>
>
>
यसअघि मंगलबार भारतले इरान र इजरायलबाट १,१०० भन्दा बढी नागरिकलाई उद्धार गरेको थियो ।>
>>