लखनउको रोमाञ्चक जित, वैभव बने सर्वाधिक कम उमेरमा आइपिएल खेल्ने खेलाडी

Jasus Khabar 3925+ समाचार ( )
७ वैशाख २०८२

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्समाथि २ रनको रमाञ्चक जित हासिल गरेको छ। यो खेलबाट आइपिएलमा राजस्थान रोयल्सबाट ओपनर ब्याटरका रुपमा डेब्यु गरेका १४ वर्षीय वैभव सुर्यवंशी सर्वाधिक कम उमेरमा आइपिएल खेल्ने खलाडी समेत बने।

वैभवले आफ्नो ब्याटिङको पहिलो बलमै छक्का प्रहार गर्दै सबैलाई मन्त्रमुग्ध बनाएका थिए। उनले २० बलमा ३४ रन बनाएर आउट भए। उनले २०१९ मा बैंगलोरबाट डेब्यु गरेका प्रयास राइ बुर्मनको कीर्तिमान आफ्नो नाममा पारे। बुमरनले १६ वर्ष १ सय ५४ दिनमा आइपिएल खेलेका थिए।

लखनउले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७८ रनमा समेटिएपछि लखनउले रोमाञ्चक जित निकालेको हो। लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रन बनाउँदा एइडन मारक्रमले सर्वाधिक ६६ रन तथा आयुस बडोनीले ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यस्तै अब्दुल समादले १० बलमा ३० रन बनाएका थिए।

१ सय ८१ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित २० ओभरमा १ सय ७८ रनमा समेटियो। उसका लागि यशस्वी जैसवालले ७४ रन बनाउँदा वैभव सुर्यवंशीले ३४ रन बनाए। त्यस्तै कप्तान रियान परागले ३९ रन बनाउँदा सिम्रन हेटमेयरले १२ रन बनाएका थिए। अन्यको प्रदर्शन भने गतिलो रहेन्।

खेलपछि लखनउ ८ खेलबाट १० अङ्क बनाएर चौंथो स्थानमा उक्लिएको छ। लिगमा ७ खेलबाट गुजरात, दिल्ली र पञ्जावले समान १० अङ्क बनाएर पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

प्रतियोगितामा आज पञ्जाब र बैंगलोर दिउँसो ३ बजे प्रतिस्पर्धा गर्दै छन्। दुईदिन अघि मात्रै यि दुईबिच प्रतिस्पर्ध भएको थियो। त्यस्तै दिनको अर्को खेलमा मुम्बई र चेन्नई भिड्दै छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार