सुनसरीमा १३ वर्षीया बालिकामाथि घरबेटीको कुदृष्टि : जबरजस्ती गर्ने आरोपित प्रहरीको नियन्त्रणमा

Jasus Khabar 3925+ समाचार ( )
६ वैशाख २०८२

काठमाडौँ । सुनसरीको बराहक्षेत्र–७ स्थित ढिकझोरामा १३ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने घरबेटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रातको १२ बजे मादक पदार्थ सेवन गरी बालिकाको कोठा खोल्न लगाई जबरजस्तीको प्रयास गरेका आरोपित घरबेटीलाई पीडित बालिकाको परिवारको जाहेरीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


विद्यालयमा कक्षा–५ पास गरी कक्षा–६ मा प्रवेश गरेकी बालिकालाई आरोपितले घरेलु कामदारका रुपमा काम गराउँदै आएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएपी युवराज खतिवडाका अनुसार आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनुभयो।

‘बलात्कार भएको पुष्टि भएको छैन, मिसबिहेब भन्ने आएको छ, अनुसन्धान गरी पीडकलाई कानुनअनुसार कारबाही हुन्छ,’ डिएसपी खतिवडाले भने।


प्रतिक्रिया