खाना पकाउने क्रममा गोठमा आगलागी, गाई र पाडो जले

Jasus Khabar 3959+ समाचार ( )
२७ वैशाख २०८२

लमजुङको राइनास नगरपालिका–७ मा खाना पकाउने क्रममा गोठमा आगलागी हुँदा गोठ पूर्णरूपमा नष्ट भएको छ। आगलागीमा गाई र भैँसीको पाडो सामान्य घाइते भएका छन्।


शनिबार बेलुका करिब ७:१० बजेको समयमा राइनास नगरपालिका–७ बाङगेचौरस्थित बिर बहादुर नेपालीको खरले छाएको गोठमा खाना बनाउने क्रममा आगलागी भएको हो।


प्रहरीका अनुसार बेलुका चलेको हावाहुरीका कारण आगो फैलिँदै गोठमा सल्किएको थियो। सूचना प्राप्त भएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइए पनि गोठ पूर्णरूपमा जली नष्ट भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजकिशोर शाह तेलीले जानकारी दिए।


आगलागीका कारण गोठभित्र रहेका एकवटा गाई र एक भैँसीको पाडो सामान्य घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले जनाए।

प्रतिक्रिया