इनरुवा । सुनसरीमा पछिल्ला केही दिनयता झ्याप झ्याप बत्ती जाँदा सर्वसाधारणहरु हैरान भएका छन् । नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रको फितलो व्यवस्थापनका कारण सुनसरीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ ।>
भोक्राहा नरसिंह गाउँपालिका, कोशी र हरिनगर गाउँपालिका लगायत जिल्लाभरबाट दैनिकजसो बत्ती आउने जाने गरेको गुनासो आउन थालेका छन् । बत्ती जाने आउने समस्या बढे पनि यसको दीर्घकालीन समाधान गर्न नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्र असफल जस्तै देखिएको छ । सर्वसाधारणहरु राती सुतेको बेला र दिउँसो गर्मीको समयमा बत्ती काट्ने गरेको पाइएको हो ।>
>
पुर्व सूचना बिना बत्ती काट्न नहुने र काट्दा पुर्व जानकारी गराउनु पर्ने सर्वसाधारणहरुको भनाइ छ । तर अचानक मन लागेको बेला मनमोैजी रुपमा बत्ति दिने र काट्ने गरेकोले सर्वसाधारणहरु हैरान भएको बताउँछन् । सर्वसाधारणहरुले नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रको लापरबाही ह्वात्तै बढेको बताउँछन् । >
>