दुई सातादेखि घटिरहेको सुनको मूल्य बिहीबार तोलामा थप २२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ तोकेको छ । >
अघिल्लो दिन १ लाख ६२ हजार २०० रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यसयता दुई साताको अवधिमा सुनको भाउ प्रतितोला ११ हजार घटिसकेको छ । >
चाँदी तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १९४० रुपैयाँ रहेकोमा यस दिन प्रतितोला १९०५ रुपैयाँमा झरेको हो ।>>