तीन दिनमा ३ हजार बढ्यो सुन , प्रतितोला १ लाख ६३ हजार रुपैयाँ

Jasus Khabar 1+ समाचार ( )
५ मंगशिर २०८१

तीन दिनयता उकालो लागिरहेको सुनको भाउ प्रतितोला १ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला ९ सय रुपैयाँ महँगिएको हो । यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता बढ्दै गएको सुन सोमबार १ लाख ६१ हजार, मंगलबार १ लाख ६२ हजार १ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ महँगिएको छ । अघिल्लो दिन १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया