नेपालका राजनीतिक दलहरूमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको : तारानाथ रानाभाट

Jasus Khabar 1+ समाचार ( )
९ श्रावण २०८०

पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।नेपाली कांग्रेस अहिलेसम्मका मुलकका परिवर्तनहरूको संवाहक भएको भन्दै उनले यसले नै जनताको जीवन परिवर्तनको मुद्दा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय एकता कायम गर्ने भूमिकाबाट कांग्रेस पछि हट्न नहुने बताए । “...जुनसुकै परिवर्तनको संवाहक नेपाली कांग्रेस हो । मुलुकको आर्थिक, सामाजिक परिवर्तन गराउने अगुवा नेपाली कांग्रेस हो । राष्ट्रिय एकता कायम गर्ने, त्यसको प्रणेता पनि नेपाली कांग्रेस हो, त्यो भूमिकाबाट पछि हट्दैनौँ,” उनले भने, “राष्ट्रिय एकताका लागि सबै मिल्नुपर्छ । विचारधारा, झन्डा, नाराको झगडा चुनावमा हो, चुनावपछि सबै मिलेर देश विकास गर्नुपर्छ भन्ने चेत राजनीतिक पार्टीमा आएन ।”

प्रतिक्रिया