३ वर्षीया सन्ध्या खत्रीको उपचारका लागि समाजसेवी अबुल हुसैन अन्सारीद्वारा एक लाख सहयोग

Jasus Khabar 3945+ समाचार ( )
२६ फाल्गुन २०८२

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ३ निवासी ३ वर्षीया बालिका सन्ध्या खत्री गम्भीर क्यान्सर रोग Spindle Cell Rhabdomyosarcoma (RMS) बाट पीडित भएकी छन्। हाल उनको उपचार काठमाडौंस्थित कान्ति बाल अस्पताल, महाराजगञ्जमा भइरहेको छ।

यस कठिन परिस्थितिमा सुनसरीका समाजसेवी अबुल हुसैन अन्सारीले बालिकाको उपचारका लागि रु १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। समाजसेवी अन्सारीले सानो बालिकाको ज्यान बचाउन र उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त सहयोग प्रदान गरेका हुन्।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च व्यवस्थापन गर्न कठिन भइरहेको अवस्थामा समाजसेवी अन्सारीको सहयोगले परिवारलाई ठूलो राहत मिलेको छ। स्थानीयवासी तथा परिवारले अन्सारीप्रति आभार व्यक्त गर्दै बालिकाको उपचारका लागि अन्य सहयोगी मनहरूलाई पनि सहयोग गर्न आग्रह गरेका छन्।

डाक्टरहरूका अनुसार सन्ध्याको उपचार जारी रहेको छ र आवश्यक उपचारका लागि निरन्तर आर्थिक सहयोग आवश्यक पर्ने बताइएको 

प्रतिक्रिया

सम्बन्धित समाचार