माधव नेपालविरुद्धको मुद्दा न्यायाधीशत्रय राई, थापा र कोइरालाको इजलासमा

Jasus Khabar 3945+ समाचार ( )
११ आषाढ २०८२

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दाको सुनुवाइ हुँदै छ ।

बुधबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका नेपालविरुद्धको मुद्दा न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा परेको हो । नेपालविरुद्धको मुद्दा न्यायाधीशत्रय राई, थापा र कोइरालाको इजलासको पहिलो नम्बरमै परेको छ । 

नेपालको बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । बयान छिटोछरितो रूपमा टुंग्याउने तयारीमा नेपालनिकट कानुन व्यवसायीहरूको छ । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध ९३ जनाविरुद्ध २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया