विराटनगर, असार २० । केही सञ्चार माध्यमहरूमा QR कोडसम्बन्धी प्रकाशित समाचारप्रति कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
>
सचिवालयका अनुसार समाचारमा उठाइएका कतिपय दाबीहरू एकपक्षीय, अपूर्ण र सत्यतथ्यको आधारविना प्रकाशित भएका छन्। यस्ता समाचारले मन्त्रीज्यूको कार्यशैली, व्यक्तिगत छवि र राजनीतिक मर्यादामा नकारात्मक असर पार्ने सम्भावना रहेको भन्दै सचिवालयले स्पष्टिकरण दिएको हो।>
सचिवालयले मन्त्रीज्यूले कुनै अनाधिकृत लाभ लिने वा QR कोडमार्फत रकम संकलन गर्नेजस्ता गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेको छ। कर्मचारी सरुवासम्बन्धी प्रक्रिया पनि कानुनी र प्रशासनिक नियमअनुसार अगाडि बढाइएको जानकारी दिएको छ।>
साथै, मन्त्री मण्डल सधैं पारदर्शिता, सुशासन र जनहितलाई प्राथमिकता दिँदै आएको र उहाँको कार्यशैली संवैधानिक मर्यादाभित्र सीमित रहेको सचिवालयको भनाइ छ।>
सचिवालयले प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारितामा आवश्यक पर्ने सत्य जानकारी संकलन, पुष्टि र सम्बन्धित पक्षको धारणा लिई मात्र समाचार सम्प्रेषण गर्न अनुरोध समेत गरेको छ।>
अन्त्यमा, सचिवालयले मन्त्रीले उपयुक्त समयमा सम्मानित प्रदेशसभा समक्ष आफ्ना धारणा सार्वजनिक रूपमा राख्ने बताएका छन् ।>
>>