सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन

Jasus Khabar 1+ समाचार ( )
२६ आषाढ २०८०

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन् ।

उद्धारको लागि परिचालन गरिएको २ वटा हेलिकप्टर खराब मौसममा कारण घटनास्थलमा अवतरण गर्न कठिनाइ भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

घटनास्थल भन्दा केही पर उद्धारका लागि खटिएका २ वटा हेलिकप्टर अवतरण गरेर उद्धार कार्य भइरहेको क्यानका महाप्रवन्धक प्रतावबाबु तिवारीले जानकारी दिए । उद्धारका लागि स्थानीय निकाय र सुरक्षाकर्मी तैनाथ गरिएको छ ।


प्रतिक्रिया