सुनसरीको इटहरी उपमहानगरपालिकाले धुलाम्मे सडक पखाल्नका लागि ‘रोड वासर कम स्प्रिङकलर’ ल्याएको छ ।>
यो मेसिन बिरुवामा पानी हाल्न र सडक पखाल्नका लागि प्रयोग हुने उपमहानगरले जनाएको छ । सडक सफा गर्नेसँगै बिरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नका लागि मेसिनको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए । >
उनले भने, ‘सहरलाई सफा बनाउँदै हरियाली प्रवर्द्धन गर्न मेसिन ल्याएका हौं ।’ उनका अनुसार मेसिलाई ६५ लाख रुपैयाँ परेको छ ।>>