भारतबाट आएका एक जनामा देखियो कोरोना

Jasus Khabar 3958+ समाचार ( )
२ आषाढ २०८२

भारतबाट आएका एक व्यक्तिमा काेराेना देखिएकाे छ ।

भारतकाे देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय महेशकुमार थारूमा काेराेना संक्रमण देखिएकाे हाे ।

स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले भारतबाट आएका थारुलाई आरडीटी जाँच गर्दा काेराेना देखिएकाे बताए ।

काेराेना देखिएपनि थारुमा कुनै लक्षण नदेखिएकाे श्रेष्ठले बताए । लक्षण देखिएमा भेरी अस्पतालमा लगेर पीसीआर गर्ने गरिन्छ । थारूलाई मास्क दिएर घर पठाइएकाे छ ।

भारतमा काेराेना देखिएपछि नेपालगञ्ज नाकामा भारतबाट आएका शंकास्पद व्यक्तिलाई काेराेना जाँच्ने गरिन्छ ।

प्रतिक्रिया